~तीर्थ संगम राई~
मेरो शीर माथिको सुन्यता
मेरो पैतला मुनिको भू-गर्भ
मैले टेकेको यो सुन्दर धर्ति
मानव सभ्यता सगै
जीवन उत्पतिका क्रमहरु
राम पिथेकसका सन्तानहरु
यो धर्ति भरी छरीएका अस्तीत्व
मेरो लागि सोच्ने बिषय बनेको छ ।
मेरो लागि अनुसन्धानको भएको छ ।
म मस्तिष्कलाई कसरत गराई रहेकोछु
मेरो बुताले भ्याए सम्म
मेहनत खर्च गरी रहेको छु
के मैले पढेको ईतिहास साँचो थियो
के मैले पढेको बिज्ञानमा सत्य थियो
यदि थियो भने
हामी एउटै पुर्खाको सन्तान हुनु पर्छ ।
हाम्रो शरीर एकै प्रकारका रक्त कोषहरुले
समान प्रकारका तन्तु बनेको हुनु पर्छ ।
हामी एउटै पुर्खाको सन्तान हौ भने
हामी बिच यो जात धर्म र लिङ्गभेद
धनी गरिव को लक्ष्मण रेखा कस्ले खिच्यो
समान रक्त कोषीकाहरुले शरीर बनेको हो भने
अगल-अलग मस्तिष्क र आकारहरु
भिन्न-भिन्नै वंशाणु गुणको संरचना कसरी भयो
खै मलाई त संका नै लाग्छ महाशय
हाम्रा पुर्खा एउटै थिएन
हाम्रो शरीरको रक्त कोषिकाहरु समान होइनन् ।
तपाईहरु सोच्नुहोस्
एउटै बथानमा रहेका पशु पनि
आपसमा झगडा गरेको पाईन्न ।
एउटै बर्ग समुहमा रहेको जीवहरु
कहिल्यै लडाई गरेको भेट्टाईन्न् ।
तर अफसोच
यो धर्तिको सबै भन्दा सुन्दर प्राणी
यो युगको सबै भन्दा विवेकशील प्राणी
आफुलाई सधै सभ्य र भव्य भन्न रुचाउने
मानवहरु……॥
रगतका छिटाहरुले पोतिएका तस्वीरहरु
क्यानभास भरी स्केच गरीएका छन ।
मावन कंकालहरुले भरीएका अस्थीरपाजर
यो धर्तिका छाति भरी पुरीएका छन ।
तिम्रो त्यो सभ्यताका पर्खालहरु
तिम्रै आफन्तहरुको हाडहरु र मांशहरुले
निमार्ण गरीएका छन भने
म कसरी विश्वास गरुँ
मैले सुनेको ईतिहास
मैले पढेको बिज्ञानमा सत्यता थियो ।
म आग्रह गर्न चाहान्छु
हे यो धर्तिका सुन्दर मावन
हे यो युगका विवेकशील मानव
तिम्रो सुन्दरतालाई म कसरी हेरुँ
तिम्रो विवेकतालाई म कसरी बुझुँ
तिम्रो सभ्यतालाई कसरी बर्णन गरुँ
मसँग त्यस्तो कुनै शब्दहरु छैनन्
जस्ले गर्दा म तिमीलाई मावन मानुँ ॥
तिम्रो अस्तीत्वलाई स्वीकार गरुँ ॥
~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)