~भीम विराग~
आज भोलि हरेक साँझ मात्तिन थालेछ२
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ२
आज भोलि हरेक साँझ ……
रहरै रहरमा पिएँ बिबस भएर पिएँ२
दु:खमा पिएँ सुखमा पिएँ२
पिउंदिन पिउंदिन भन्दै पिएँ
आज भोली जिन्दगानी छोट्टिन थालेछ
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ….
मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ२
नाचेर पिएँ हाँसेर पिएँ२
एकान्तमा कहिले काही रुँदै पिएँ
आजभोली हरेक रात रक्सिन थालेछ
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ…..
शब्द: भीम विराग
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल