कविता : सिनु र मान्छे

~रवि प्राञ्जल~ Ravi Pranjal

सिनु गनाउँछ
मरेको शरीर को सिनु ।
तर सिनु त्यति गनाउँदैन
जति गनाउँछ मान्छे,
जिउँदै मरेको मान्छे
हर क्षण गनाउँछ डुंगडुंग ।
मान्छेको बिचार गनाउँछ
मान्छेको चेतना गनाउँछ
मान्छेको बिबेक गनाउँछ
तर मान्छे हुनुको अहङ्कारमा
डुंगडुंग गनाई रहेको मान्छे
टाढिन नसकेर आफ्नै दुर्गन्धबाट
त्याग्न नसकेर दुर्गन्धका स्रोतहरू
मान्छे –
आफ्नै गन्ध पिएर बाँच्छ
मान्छे-
जिउँदो सिनु बनेर बाँच्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.