~गोविन्द गोदार~
समुन्द्र भरी पानी नै त हुन्छ
मुटु भरी माया –माया
घाम लाग्दा उज्यालो नै हुन्छ
रुख मुनी छायाँ
तिमीले हेला गरे पनि
लागी रहन्छ माया – माया
कल्पनाको सागरमा पनि
चम्किएकै हुन्छ तारा–तारा
अन्धकार पछि बिहानीमा पनि
टल्किएकै हुन्छ सित सारा
तिमीले नचिने झैं गरे पनि
म संग छैन कुनै अर्को चारा–चारा
कसैले चाहेर नरोपे पनि
उम्रिएकै हुन्छ कैयौं बिरुवा
चाहेर उत्खनन् नगरे पनि
पलाएकै हुन्छ प्रेमका जरुवा
घामलाग्दा उज्यालो नै हुन्छ
रुख मुनी छायाँ–छायाँ
तिमीले हेला गरे पनि
लागि रहन्छ माया–माया
(स्रोत : रचनाकारको ब्लगबाट सभार)