तिमी बाहेक जिन्दगीमा बढि आशा छैन
मात्रै यो पनि पिरतीको परिभाषा हैन
मुहार आँफै फूल बन्छ तिमीलाई देखे
वर्षौंको प्यास मेटिन्छ नि तिमीलाई भेटे
तिमीतिरै छ मेरो खुशी अरु दिशा छैन
मात्रै यो पनि पिरतीको परिभाषा हैन
आँखाहरुले जब तिमी चुपचाप बोल्छौ
मनभरि नै मिठो मिठो सरगम घोल्छौ
लाग्छ योभन्दा अरु कुनै मिठोभाषा छैन
मात्रै यो पनि पिरतीको परिभाषा हैन
तिमी बाहेक जिन्दगीमा बढि आशा छैन
मात्रै यो पनि पिरतीको परिभाषा हैन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )