कविता : कसले गर्दो हो त्यत्ति?

~भरत पोखरेल~

आमाले संतानको माया गर्दछिन जत्ति,
कसले गर्दो हो त्यत्ति?
कसले गर्दो हो त्यत्ति?

मन रुंदामा पनि तिनी दुनियाँको सामु हास्दछिन,
मनमा उर्लेका रहर मनभित्रै दबाई राख्दछिन,
संतानको निकोमा नै आफ्नो भविष्य देख्दछिन,
तिनको उन्नति खातिर सब सुख सयल त्याग्दछिन,
आमाले संतानको लागि गर्दछिन त्याग जत्ति,
कसले गर्दो हो त्यत्ति?
कसले गर्दो हो त्यत्ति?

सम्झ त विगतका अनि केटाकेटीका कुरा,
तिम्रालागि ठुलो वल थिइन गर्थिन हर चाह पूरा,
कत्ति दुख झेलिन तिन्ले सहीन सब्थोक विचरा,
आफु रहीन बरु अधुरो बनाईन तिम्लाई पूरा,
आमाले संतानको सेवा गर्दछिन निस्वार्थ जत्ति,
कसले गर्दो हो त्यत्ति?
कसले गर्दो हो त्यत्ति?

आमाले संतानको माया गर्दछिन जत्ति,
कसले गर्दो हो त्यत्ति?
कसले गर्दो हो त्यत्ति?

भरत पोखरेल
सिडनी
२५.०४.२००९

April 25th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.