~कालीप्रसाद रिजाल~
झर्यो जिन्दगि फुट्यो जिन्दगि
छल्केर आँखामा बग्यो जिन्दगि २
काँढामा हाँसेको, मिठो जिन्दगि २
सपनीमा नाचेको झुठो जिन्दगि २
रहरको दहमा डुब्यो जिन्दगि
पीरले भरेको खाली जिन्दगि २
पिरतीले रुवाएको प्यारो जिन्दगि २
आज आफ्नै छातीमा दुख्यो जिन्दगि
शब्द: कालीप्रसाद रिजाल
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल