~टोपबहादुर रार्इ~
पग्लिएर हिमाल झैं
हाँस्दिन म मेरो देश दुख्दा
काले र कात्तिके झैं
लडि्दन म देशको शिर झुक्दा ।
बोकेर गन्ध वाग्मती झैं
बग्दिन म त्यो श्वार्थी शहरमा
लुटिएर सप्तकोशी झैं
सुसाउदिन म त्यो लहरमा ।
खेपेर पिडा अक्करे भिरको
फुल्दिन बुकी झैं हिमाली राजमा
ढोगेर माटो छात्तिमा टाँस्दै
छोड्दिन कित्ता परार्इको माझमा ।
हिडेर पुछ्दै घामको पाईला झैं
मेटि्दन आमा पुर्खाको बलिदान
हातमा खुकुरी, काधमा राइफल
बेच्दिन बाबा गोर्खाली स्वाभिमान ।
(स्रोत : कविता कुसुम)