स्वप्न पनि कस्तो कस्तो देखियो अनौठो
अरुको त के कुरा खै मैलाई भो नौलो
अंजुलिमा मुटु राखी पर्खेको याद छ
धेरै चोटि तिम्रो नाम रटेको याद छ
आगमन हुँदा तिम्रो लगाएथें दैलो
अरुको त के कुरा खै मैलाई भो नौलो
केशभरि तारै तारा गहना सजेको
निधारमा टिका बनी जुन नै बसेको
हेर्दा हेर्दै जुनलाई घाम भो सुनौलो
अरुको त के कुरा खै मैलाई भो नौलो
स्वप्न पनि कस्तो कस्तो देखियो अनौठो
अरुको त के कुरा खै मैलाई भो नौलो
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )