~चुन सु~
अनु : केशव सिग्देल
ऊ भिडको बीचमा थियो
मुस्काइरहेथ्यो क्षमाभावमा
उसको परिचयदायी मुस्कानका साथ
मानौं उसले कसैलाई दुखित तुल्याएको थियो
जब म ब्युँझे
मैले तस्विर देखेँ गोउजी र उसको छोराको
एउटा हुर्किसकेको केटो
जो ऊ जस्तै देखिन्थ्यो, तर ऊ नै भने थिएन
गोउजी अझै पर्यवेक्षक जस्तो देखिन्छ
मानौं उसको छोरामाथि कुनै प्रभाव छैन
तर छोरा अझै उसको पछाडि छ
त्यसैले केही होइन भन्न सकिँदैन।
Last Night I Dreamt about Gouzi
चुन सु (चीन)
(स्रोत : Nepalikalasahitya)