~सन्जोग नेपाली~
‘मेरो पक्षमा शक्तिशाली छिमेकी मुलुक छ | मलाई सरकारमा त्यसैले पुर्यायो र टिकाइरहने छ |’उसलाई लागेको थियो | त्यहि भरोसामा तानासाही साशन चलाई रहेको थियो | तानासाहिको जनताले विरोध गर्दै आन्दोलन गर्न थाले | जनताको आन्दोलन पुलिसले दबाउन नसके पछी उसले सेना परिचालन गर्यो | विदेशी आक्रमणबाट देशको रक्षा गर्ने सेना जनता विरुध्द लड्न पर्दा निराश र हतोत्साहित भयो | केही दिन पछी चुप लागेर बस्यो |
जनताको बिद्रोह झन्झन् व्यापक भएर डडेलोझैँ देशव्यापी भयो |
त्यो बिद्रोह दबाउन उसले आफुले प्रभु मानेको छिमेकी देशको सेना निम्त्यायो | विदेशी सेना आयो | ‘अब विदेशी सेनाले जनता तह लगाएर मेरो सिंहाशन जोगाइ दिन्छ ‘ भन्ने सोचेर खुसि भैरहेको बेला विदेशी सेना बिना अनुमति उसको दरबारभित्र प्रवेश गरेर ड्याङ ड्याङ गोली हान्न थाल्यो | उसका अङ्गरक्षकहरु ढले | प्रधानमन्त्री ढल्यो , मन्त्रीहरु ढले | निधारमा ताकेर उसलाई गोली हाने | ‘एेया पनि भन्न नपाई ऊ खुत्रुक्क मर्यो |
यसरि जनतालाई बैरी सम्झने र विदेशी सेना निम्त्याउने राजाको अन्तको इतिहास लेखियो |
‘नयाँ राजाहरु जन्मिएको मेरो देशमा चाहीँ यस्तो इतिहास नदोहोरियोस् ‘, भन्दै कथावाचाकले कथा समाप्त गर्यो | तर कथा सुन्नेहरुमध्ये एकजनाले सोधी हाल्यो ‘ राजा र मन्त्रीहरु मारीए पछी विदेशीले देश कब्जा गर्यो ?’
‘अँ ..हँ गर्न सकेन | कब्जा गर्न खोजेको थियो तर जनता ,सेना प्रहरी सबै मिलेर ति विदेशी सेना लखेटेर देशको रक्षा गरे |’
२०७२ भदौ ८ मंगलबार
(स्रोत : फेसबुकको ‘कथा-चौतारी’ समूहबाट )