~सन्जिव बराल~
मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि। मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ। म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले। बेलुकी को समय नारायणी को छेउमा दिन भरिको थकान मेट्ने मानिसहरु धेरै देखिन्थे। हामि एकअर्काको हात समाउदै हिड्दै थियौ। उ मलाई एकदम राम्री लाग्थी थि, उ मभन्दा करिब ४ वर्ष ले कान्छी थि, अनि एकदम शुशिल, सरल, अनि सुन्दरताले भरिपूर्ण थि । मध्यम परिवार कि उ खासै राम्रा कपडा र सौन्दर्यका सामान प्रयोग गर्दिनथी। उसको बाबु उ ८ वर्षको हुदा नै बित्नु भएको आमाले जेनतेन गरि स्टाफ नर्स पढाएकी थिइन्। लजालु स्वभाब कि उनि खासै धेरै बोल्ने गर्दिनथीइन ।
आउ बसौ। मैले छेउ को डिल तिर इसारा गर्दै भने उनि बसिन म पनि उनकै छेउमा बसेर उनलाई हेर्न थाले। रेसमी बाक्लो केश, हरिण नैनि आँखा, फुल जस्तो निर्दोष पन, गुलाबी ऒठ अनि जब उनि मुस्कुराउथिन, घाम को किरणले टल्केका हिमाल जस्ता दांत, म हेर्दै पागल हुन्थे उनको चन्द्रमा रुपी मुहार अनि सुन्दै लठ्ठ पर्थे उनको त्यो कोइलि को झैँ बोलि। उनि बोल्नुस न भन्दै घच्घचाउथिन म झसङ्ग बिउझिन्थे।
केहि खाउँ न। उनले सुनेनसुने गर्थिन। उनीसंग धेरै पैसा हुन्थेन र खर्च गर्न रुचाउथिनन। पोलेको मकै किनेर दुवै खादै गफ गर्दै थियौ। पारि पुलमा गाडीहरु को लामो लाम देखिन्थ्यो। घाम क्षितिज मा बिदाई माग्दै थियो। केहि क्षणको बसाइ पछि उनि बोलिन अब जानु पर्छ।
प्रिया !! हामी फेरी कैहिले भेट्ने ? मैले सोधे। उसले छिट्टै मात्र भनि। संगै उसलाई पुल्चोकमा गाडी चडाएर म बिदाई को हात हल्लाउदै थिए।
उनि संग धेरै भेट हुन्थेन , खासै बाहिर डुल्ने फोनमा घन्टौं कुरा हुने बिरलै हुन्थ्यो। उनि धेरै पड्न रुचाउथिन मैले पनि उसको पडाइलाइ सपोर्ट गर्थे।
म नारायणगढको कम्पुटर पसलमा काम गर्थे। हार्डवयर सफ्टवयरमा डिप्लोमा गरेर त्यही सानो तिनो जागिर गरेर पेट पाल्दै थिएँ। आफु नि मध्यम परिवारको हुनाले खासै ठुलो उपलब्धि थिएन। दिउसो अफिस अनि बिहान बेलुका घरमै समय बित्ने गर्थ्यो। फुर्सदमा मुभी, इन्टरनेट त्यसैमा बित्ने गर्थ्यो दिन। म दिनहु फेसबुकमा अनलाइन हुन्थे। प्रिया संग बोल्ने खुब रहर हुन्थ्यो तर उनि अनलाइन आउँदिनथिन।
अनलाइनमा म धरै जसो एन्जिला संग नै समय बिताउथे। एन्जिला कहिले काँही आँउथि उ मेरो मिल्ने साथी थि। उसलाई मेरो बारेमा सबै थाहा हुन्थ्यो अनि मलाई उसको। धनि बाउ कि एक्ली छोरि केहि नपुग थिएन उसलाई। हाई क्लास का लुगा अनि मुभी, डान्स पार्टी र घुमघाममा बडी हिड्न रुचाउने। हामि कहिले काँही भेट्थ्यौ। प्रियाको अनुपस्थितिमा एन्जिला संग को मित्रता ले मलाई एक्लोपन देखि टाडा राख्न मद्धत गर्थ्यो। हल्का काली भएपनि खुब राम्री थि उ । मिलेका शरीर मा राम्रो ढंग को कपडा परेपछि छुट्टै सुन्दरता देखिन्थ्यो उसको। म संगै कि उमेर कि उ खुब जिस्किन्थी। हामी दुबैलाइ बियर राम्रो लाग्थ्यो तर फरक यो थ्यो कि, उस्लाइ teady बियर, मलाइ strong बियर। गफै गफ मा उ मलाई बिहे गर्छस भन्दथी म जिस्किदै हुन्छ भन्दिन्थे।
भोलि भेटम न उसले भनि। सोमबार मेरो नि अफिस बिदा थियो हुन्छ भने। सौराहा जाने म स्कुटी ल्याउछु। उसले भनि।
भरतपुर सम्म म गाडी मा जानु पर्ने भयो अनि उसको स्कुटीमा। भोलि पल्ट म उसलाई फोन गरेर भरतपुर को गाडी चढे। एक छिन् मा उ आइ अनि हामी सौराहा तिर लाग्यौ। खाजा खायौ उसले वाइन खाने प्रस्ताब गरि। वाइन जस्तो कुरो केटिले नै खाऊ भनेपछि म पछि हट्ने कुरा पनि आएन। सिर सिर हावा ले उसको कपाल उडाउदै थियो। उ नसा मा खुब बोल्दै थि। कहिले डान्स पार्टी अनि कहिले कता घुम्न गएको। बोल्दा बोल्दै उ उठी अनि दुइ हात हावामा उडाउदै एक फन्को मार्दै ” मलाई यो संसार भरि मा तिमि संग बस्दा जति आनन्द अरु कहिँ आउदैन ” उ लड्न थाली म जुरुक्क उठेर उसलाई समाए। उ खिस्स हासी अनि भनि – तिमि कति स्वीट छौ। अनि बेतोड पागल झैँ हास्न थाली। एकाएक म तिर फर्की अनि भाबुक बनि अनि भनि म तिमीलाई माया गर्छु। मैले केहि बोल्न नपाउदै उसको ओठ ले मेरा ओठ छुन पुगिसकेका थिए। मैले केहि प्रतिक्रिया दिन सकिन। प्रियालाइ सम्झिए, लाग्यो म गलत गर्दै छु। एन्जिला जाउँ अब घर। ढिलो भयो। उसलाई घर छोडेर म राति ८ बजे घर तिर लम्किए। गाडी ७ बजे नै बन्द भैसकेको थियो। बाटोमा आउने केहि मोटर साइकल रोक्दै केहि पर लगिदिन अनुरोद गर्दै बेलुकी को ११ बजे घर पुगे।
रातभर निन्द्रा लागेन प्रिया को याद अनि एन्जिला को त्यो स्वभाब।
पिरतीको त्यो जात बैमानी, धरो धर्म मायालुको त्यो हात बैमानी, सबै भन्छन् तिम्रो त्यो मैले मात्रै हैन, जवानिको नशा लाग्ने मात बैमानी। साचिकै एन्जिला ले मात को सुर मै आफ्नो माया को त्यो अनुरोध मलाई पेश गरिकी थि। नभनोस पनि कसरि धेरै टाइम उ उसंगै बोलेर बिताउथे दिन। साना देखि ठुला हरेक कुरा शेयर गर्ने गर्थे। प्रिया लाइ भन्नु मन थियो तर सकिन यो सबै। प्रिया संग करिब २ ३ दिन मा बल्ल कुरा हुन्थ्यो। उसले घर पुगेपछि मलाई चटक्क भुल्थी। अनि म उसलाई फोन गर्न पनि सक्थिन , उ भन्थी मलाई आमा को अगाडी बोल्न गारो लाग्छ। सायद गरिबी ले नि होला एउटा मोबाइल बोक्न नसकेकी। सोच्दा सोच्दै कुन बेला निदाएछु पत्तो पाइन्।
मेरा बा जस्ता बुद्धिमान मान्छे कमै होलान। जति सुतेपनि उठ भन्दैनन् बस .. बिहान पाँच बजे देखि फुल भोलुममा रेडियो थर्काउछन। बिहानै रेडियो को आवाज ले निन्द्रा खुल्यो। मोबाइल मा एन्जिला को मेसेज आएको रहेछ। “हिजो को लागि सरि तर जे बोले त्यो सहि थियो तिमि लाइ मा एकदम माया गर्छु। धेरै दिन देखि भन्ने कोसिस गरेको थिए तर सकिन हिजो नसा मा भनेछु चित्त दुखाएको छु भने माफ गरिदेउ।” मैले इट्स ओके मात्र रेप्ली दिएँ।
दिन भर अफिस सकेर म बेलुका छिटो निक्लिए प्रिया को कलेज ४ बजे छुट्थ्यो म उसको कलेज गेट अगि नै पुगेको थिए उसलाई लिएर म फेरी त्यही नारायणी छेउ पुगे।
प्रिया मलाई कति माया गर्छौ ? उसको मुखमा हेर्दै भने उ एकछिन अक्मकाइ कहिल्यै त्यसरी नसोध्ने उसको प्रेमी उसलाई प्रश्न गर्दै थियो। उसले भनि हेर्नु म हजुरलाई एकदम माया गर्छु तर हामी गरिब छौ। आमा घरमा एक्लै हुनुहुन्छ मलाई जेनतेन पढाउने उहाको धोको छ अब को एक वर्ष मा मेरो पडाइ नि सकिन्छ अनि मेरो बिहे हुन्छ। सायद बैसाख मा। म टुहुरी छोरि मेरा केहि रहर छैनन्। मेरी आमा भन्नु हुन्छ म राम्रो पढु अनि उहाको रहर अनुसार कुनै एक असल युबक संग बिहे गरु जसले मेरो अनि मेरो आमाको ख्याल राखोस। आमाको इच्छा छ कि मेरो श्रीमान मलाई र मेरी आमालाइ खुसि राख्न सकोस। मैले हजुरलाई माया नगरेकी हैन तर मा मेरो आमा को इच्छा बिपरित बिहे गर्न सक्दिन। जब म ८ वर्ष को थिए। उहाले मलाइ मेरो बाबा र आमा दुवै को कमि हुन दिनु भएन, भोको पेट खाइ नखाई हुर्काउनु भयो। अब हजुर आफै भन्नुस मा के गरु ? हजुर मेरो भाग्य मा हुनुहुन्न जस्तो लाग्छ मलाई।
प्रिया भाग्य भगवान ले लेख्छ तिमीले हैन। मैले त्यति मात्र भने।
मेरा आँखा का डिल बाट आँशु का भेल बग्न थालिसकेका थिए। म केहि बोल्न सकेको थिइन्। सदा झैँ म उसलाई गाडी चडाएर घर फर्किए।
म पड्न छोडेर सानो जागिर गर्ने मान्छे। महिना को १०००० कमाउछु। प्रिया को खुसि अनुसार उसको आमा र उनि लाइ सायद यति पैसा काफी छैन। बिहे गरेपछि नि बुडी को फरिया किन्न बाउ संग पैसा माग्न जुन सुकै छोरो लाइ आत्मग्लानी हुनेगर्दछ।
कफी र तिम्रो याद उस्तै लाग्छ मलाई, लत बसिहाल्यो ! दुबैले निदाउन दिदैन।
प्रियालाइ सम्झेरै रात बित्यो। एन्जिला घरि घरि फोन गर्थी। मैले जानीजानी रिसिभ गर्थिन। उ धेरै म्यासेज गर्थी – “सधै हसाउन सक्दिन होला तर कहिले रुवाउने छैन सधै साथ दिन सक्दिन होला तर एक्लै छोड्ने पनि छैन ” येस्तै येस्तै। एक मन ले भन्थ्यो कि प्रिया लाइ वास्ता गर्न छोडिदिम अनि एन्जिला संग माया गासु। फेरी मन मान्देन थियो। पिडा त तब हुने रहेछ जब आफुले चाँहेको मान्छे पाँउन सकिदैन। मेहेन्दि गाढा बनाउन चिनि,कागति,चियापति र पानि नपारि राख्नुपर्छ।भोलिपल्ट पनि केयर गरेर उक्काए गाढा बस्छ। संम्बन्ध पनि त्यसरिनै केयर गर्नु पर्ने रहेछ। प्रिया संग यदि म धेरै बोल्ने गर्थे र उसको हरेक कुरामा मेरो संलग्नता हुन्थ्यो भने सायद आज प्रियाको मुखबाट छुटिने कुरा आउने थिएन होला। रुदा रुदै रात बित्यो, धन्न ! आँशुको कुनै रंग हुँदैन । नभए भिजेको सिरानीले मेरो सप्पै पोल खोलिदिन्थ्यो होला ।”केही प्राप्त गर्न केही गुमाउनु पर्छ रे” तर मैले त स्वयम प्रिया लाइ नै गुमाए जस्तो लाग्न थाल्यो उसलाई पाउने आशा मा।
प्रिया संग बोल्न कि उसको घर पुग्नु पर्थ्यो कि उसको कलेज। म सधैं भेट्न जान नि सक्थिन। अनि उ मलाई कल, म्यासेज गर्न नि सक्दिनथें। मलाई एक्लो महसुस हुन्थ्यो। एन्जिला संग फेरी उही पुरानै कुराहरु सुरु हुन थाल्यो।
एन्जिला ले मलाई माया गर्थी। मैले प्रिया लाइ, अनि प्रिया ले आमा को इच्छा पुरा गर्न मलाई छोड्ने निधो गरेकी थि।
एकदिन एस्तो आयो कि एन्जिला ले मेरो र प्रिया को कुरा सबै थाहा पाइ। उसले फोन गरेर भनि – म तिमीलाई धेरै माया गर्छु। मलाइ प्रियाको मायाको दोषी बन्नु छैन मलाई उसको माया खोसेर आफु खुसि हुनु छैन। तिमि पनि प्रिया लाइ माया गर्छौ भने मलाई तिमिहरु को बीच आउने कुनै अधिकार छैन।
उसले एक्कासी यो सब भन्दा मलाई नरमाइलो लाग्यो। उसलाई भेटेर कुरा गर्न बल्ल तल्ल मनाए। एन्जिला मैले यो सब पहिले नै भन्छु भन्ने सोचेको थिए तर तिम्रो मन दुख्ने डर ले भन्न सकिन मलाई नि तिम्रो माया लाग्छ, राम्री लाग्छ तर म प्रिया लाइ पाउन चाहन्छु। मैले उसलाई पाउने छु या पाउदिन थाहा छैन तर पनि म उसको माया मार्न सक्दिन।
थाहा छ मलाइ साँचो माया कस्तो हुन्छ। मैले नि तिमीलाई माया गर्छु अनि यदि कोहिलाइ साँचो माया गरेर नि पाइदैन भन्ने थाहा हुन्छ नि? दिल टुटेर आउछ। तिमि आफ्नो मायामा अडिक रहनु अबश्य तिमि सफल हुनेछौ। म सधैं तिम्रो साथ हुनेछु। हरदम हर पल। जहिले तिमि आफुलाई एक्लो महसुस गर्नेछौ तब मलाइ बोलाउनु म सधैं तिम्रो लागि बचिरहेकी हुनेछु। – उसले रुदै भनि।
उ केहि नबोली फर्की अनि गइ मैले बोलाउन सकिन न उसले नै फर्केर हेरी।
तिर्खा लागेको जस्तो घांटी भित्रैबाट पोलेर आयो। आँखा रसाए संग संगै जिउ काम्न थाल्यो।
प्रिया को मन फर्कियोस प्राथना गर्दै थिए तर आशा थिएन। दिनमै धनि हुने अनि प्रियाको आमालाइ खुसि राख्ने सपना बुन्न थाले। बिचारी एन्जिलाको नि मेरो जति नै दुखाइ होला। उ पनि रात दिन रुंदी हो। तर म बिबश थिए न उस्का हात थाम्न सक्थे न प्रिया कै हात समाएर अगि बड्न।
न त कसैले सोध्यो, न त कसैलाई सुनाइयो, न त हेर्दा देखियो, न त हेर्नेले देखे।
केवल आफैले महसुस गरेँ म भित्रका ती तिम्रा अदृश्य अनि मौन दुखाइहरु !!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)