कविता : हेर तमासा

~सुमी गौचन~

हेर तमासा स्वतन्त्रताको
एउटाले अर्को भन्दैनन्
एउटाले अर्को गन्दैनन्
जालझेलमा प्रवृत्त
दलको चाल छ यता न उताको
(हेर तमासा स्वतन्त्रताको)

पसले मनपरी भाउ गर्छ
आतंकी लुट्ने जाउ गर्छ
आपसी अदवमा कोही नहुँदा
डर छ सधैं नै बेपत्ताको
(हेर तमासा स्वतन्त्रताको)

पुग्छन् अभिनेतृ चढ्न हिमाल
शिक्षा क्षेत्र छ यता बेहाल
भँडुवाहरु नै अगुवा बन्दा
स्थिति छ सधैं नै रमिताको
(हेर तमासा स्वतन्त्रताको)

उपद्रलाई क्रान्ति ठानिँदा
अयोग्यहरुकन योग्य मानिँदा
मर्यादाहीनता सबतिर फैली
चल्दो छ रजाइँ मैमत्ताको
(हेर तमासा स्वतन्त्रताको)

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.