~तारा ज्ञवाली~
कहाँबाट सुक्यो होला मूल जिन्दगीको
फक्रिन्छ कि फक्रिंदैन फूल जिन्दगीको
बिसाउंदा बिसाउँदै पोका अनि भारी
तिर्नै बाँकी हुन्छ महसूल जिन्दगीको
डाँडा -पाखा, मरुभूमि मैदान र खोला
कहाँ मिल्छ साँचो चित्र स्थूल जिन्दगीको
हिमाल देखि पग्लिदै मन सागरमा पुग्छ
नापे कति योग हुन्थ्यो कुल जिन्दगीको
स्वप्न- गंगा बहंदा नि बहंदैन मान्छे
यहींनेर हुन्छ शायद भूल जिन्दगीको
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)