पुस्कर लोहनीका ३८ हाइकु-सेन्र्यू

~पुष्कर लोहनी~Pushkar Lohani

१.
भएको भए
मस्तसँग पिउथेँ
आँखा चिम्लिँदै ।

२.
चट्याङ खस्यो
चिरेर दुइ कापा
थेग्रिँदा रातो ।

३.
गहिरिएछ
मस्किएछ हल्लिँदा
खोबल्टे आँखा ।

४.
खोजेको थिएँ
खन्याउने विचार
रक्सी साटेर ।

५.
ढलेको ढल्यै
सम्झँना बाँधिएछ
रक्सी पोखिँदा ।

६.
सेतो पछ्यौरा
रक्सीको दाग पर्दा
पहेंलो धर्सा ।

७.
आकास खोज्दा
लठ्ठिएको आवाज
जमेको धूलो ।

८.
हात घुसार्दा
आँत्तिएको पाइला
चिसो बगैंचा ।

९.
कालो कमिला
खोतल्दै भित्र छिर्दा
भित्तै हल्लनु ।

१०.
कुना पसेको
पिउनुसम्म पिएँ
पोखिएँ पनि ।

११.
घुमेको देखें
समाउन सकिन
दौडेको छायाँ ।
१२.
छुट्टिदाँ रोएँ
सँगै पिएको रक्सी
गिलाँस खस्दा ।

१३.
लाम्चो गिलाँस
मात्तिएर फुर्केकी
रक्सी रित्तिँदा ।

१४.
कोल्टे फर्किँदा
चिसो छोक्रा छिरेछ
मेघ गजिदैँ ।

१५.
सराप्दै रोएँ
भाँच्चिएको भरेङ
तातो खरानी ।

१६.
तुसारो खस्छ
लोभलाग्दो गुलाफ
लङ्कडो खुट्टा ।

१७.
मह निकाल्दा
घोचेको अन्धकार
हल्लेको डोरी ।

१८.
आँखा कोपर्दा
खोतलेको मसान
सर्प बाहिरै ।

१९.
पल्केको बाटो
फुत्केछ आफैँबाट
सर्प छिरेछ ।

२०.
जङ्कली भेंडा
खोरभित्र लडेछ
झुण्डिँदा मस्त ।

२१.
आँखा चुहियो
कुल्चिँदा छापै छाप
तिमीले टेक्दा ।

२२.
खुकुलो आँखा
निहुरिँदा भत्केछ
दरिलो झोक्का ।

२३.
फोका उठेछ
उम्लेको चिसो पानी
तातो फलाम ।

२४.
खोजेको खोज्यै
नाप्न खोज्छु भत्किन्छ
उम्रेको झार ।

२५.
रित्तो गिलास
सपना आफैँ खस्छ
पोखिन्छ आफै ।

२६.
वैंश खोजेकी
अल्झिएर पातमा
थारो कल्चौंडो ।

२७.
कालो लेसिलो
समाउन सिपालु
जालो पुरिँदा ।

२८.
चटकी औँला
लघार्दै दौडिएको
खुला टोकरी ।

२९.
साँटु भनेको
लोभ्याउँदै भागेकी
सन्केको आँखा ।

३०.
टल्केको टाँक
कस्सिँदा थिचिएछ
चिन्नै सकिन ।

३१.
सुम्पिन खोज्छु
थुप्रिएको पहाड
बगेको नदी ।

३२.
बिर्सेको रात
चिप्लिएको आवाज
घोडाको टाप ।

३३.
ढुङ्का खसाल्दा
बिथलिएको निन्द्रा
छायाँको थोपा ।

३४.
छरेको थिएँ
मलिलो पार्दै माटो

खसेको रात ।

३५.
टाउको फुट्यो
तारो हान्न पल्किँदा
घिसार्दै फाल्दा ।

३६.
चिसो विश्वास
तताउन नखोज्ने
हात समात्दै ।

३७.
ठुङ्न जानेकी
पोखाउन पल्केकी
अँगेनो छोप्दै ।

३८.
कठोर मन
खिया लागेको आँखा
जिउ सुन्निंदा ।

This entry was posted in सेन्र्यू, हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.