गीत : पानी पछि घामलाग्दा

~गोविन्द गोदार~

पानी पछि घामलाग्दा बनै घमाईलो
रिसाउदै मुस्कुराउछौ कस्तो रमाईलो

हा…..हा.. कस्तो रमाईलो
आ…..हा.. सारै रमाईलो

बोल्दिनौ त तिमी के भो मनमा छोइगयौ
मान्दिनौ त तिमी के भो आफ्नो भै सक्यौ

हा… हा… आफ्नो भै सक्यौ
आ….हा… कस्तो रमाईलो

थकाईलाग्दा चौतारी त तिर्खा लाग्दा पानी
नजानेरै राम्रो लाग्छ यादमा आउने वानी

हा…हा… यादमा आउने बानी
आ…हा… कस्तो रमाईलो
आ… हा… सारै रमाईलो

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.