~पुष्कल श्रेष्ठ~
नखाएको विष आज खाए जस्तो भो
नआएको जोस आज आए जस्तो भो
जोस भन्नु के हो र फूर्तिफार्ति न हो
नलाएको माला आज लाए जस्तो भो
हाँस्न त अघिपछि हाँसेकै हो नि
नपाएको माया आज पाए जस्तो भो
गाउने त गीत नै हो तर उठाउँ कसोरी?
नगाएको गीत आज गाए जस्तो भो
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)