कविता : केही यक्ष प्रश्नहरु ?

~जे.बी. शेर्पा ~J B Sherpa

ड्रग्स को लत झैं ,
चिया , र कफीसंगै ,
नयाँ , ताज़ा र रक्ताम्मे ख़बरहरुले ,
स्वागत गर्छ अचेल ,
पिपासु आँखा र कानहरुलाई ,
मानिस हरुको हरेक सुनौलो बिहानीहरु मा !
हरेक सुमधूर साँझहरुमा !!!

अनि,
भाव बिहीन रोबोट को झैं अनुहार लिएर ,
समाचारवाचक हरु ,
जोशिलो र चर्को स्वर मा चिच्याउँछ ,
मानव संहार , आम हत्या , युद्द का दर्दनाक खबरहरु बाँड़दै !

फ्रंट-लाइन रिपोर्टिंग , प्रत्य्क्षप्रशारण , ब्रेकिंग न्यूज़ ,
मानौं यिनिहरुकै देन हरु हुन , आविस्कारहुन ,
मानवजगत को अर्को महत्वपूर्ण खुराक को निमित्त ,
जून विष भन्दा पनि विषालु छ ,

लत लागी सकेको छ , मानिस लाइ,
रगतको स्वाद पाएको शार्क झैं ,
यी खवर हरू बिना,
मानिसहरुको दिनचर्या छटपट्टीन्छ ,
मानिसहरु अम्मली भै सकेकाछन,
हृदय ढुंगा बनिसकेको छ ,
दर्ज़न, दुई दर्ज़न मानिस नमर्दा त्यों खवर बन्दैन,
दुई चार घर ध्वस्त नभएसम्म खवर हुँदैन !

त्यसैले राम्रो खवर को परिभाषा नै बदलियेकोछ !!!
जस्मा मानिसहरुको आम हत्या हुनु पर्छ ,
वा आम वलात्कार हुनुपर्छ ,
चरम सिमामा विध्वंस हुनु पर्छ !
हाहाकार , र भीषण बर्बादी हुनुपर्छ !

यहाँ जीवन हरु ,
काटीनुँ पर्छ , चोइटीनु पर्छ , जल्नु पर्छ , वर्बाद हुनुपर्छ !
राजनीति को निमित्त , धर्म को निमित्त , सम्प्रदाय को निमित्त ,
स्वार्थको निमित्त , सुख-शान्ति को निमित्त ,
र फगत समाचार को निमित्त !!!

तर प्रश्नहरु पनि छन ……यक्ष प्रश्नहरु ?
किनकी .. मगज हरु शत प्रतिशत नै,
रेडियो टि.भी . र पत्रिका हरुका ,
कमारों बनेका छैनन !

किन यस्तै हुनु पर्छ खवरहरु ? समाचारहरु ?
के वसन्तको वहार , शिशिरको उमंग ,
विहानिको लाली , गोधुली साँझ
कहिल्यै खवर बन्दैन ?

मर्दा मर्दै बाँचेका र
बाँच्दा बाँच्दै मरिरहेका ,
सपूत हरुको गाथा खवर बन्दैन ?

बन्दूक र बम् खेलाएका हातहरूले ,
फूलहरु फुलाएको समाचार बन्दैन ?

जल्दाजल्दै फुलेका र ,
फुल्दा फुल्दै जलेका मुटु हरुको समाचार बन्दैन ?

एकजना नै सही !
आफ्नै मस्तिमा , निश्छल , वेखवर , वे-परवाह ,
सुसेल्दै , गाउँने मस्त जिन्दगीको समाचार बन्दैन ?

तर प्रश्नहरु …अनुत्तरित रहनेछन र रहीरहने छन ….!!!!

जनवरी २००९

जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.