कविता : एउटा घर बनाउनुस्

~यम बहादुर किसान~

मेचीबाट बालुवा ल्याउनुस्
महाकालीबाट पानी ल्याउनुस्
माने-भञ्ज्याङबाट ढुङ्गा र ल्याउनुस्
सुस्त-महेशपुरबाट माटो ल्याउनुस्
राष्ट्रियता भन्ने कुरा तेस्तै हो
राजधानीमा एउटा घर ठड्याउनुस्
गजबको एउटा घर बनाउनुस् ।

– १ –

सरीया पनि चाहिएला हगि?
नेपाली जनताको हड्डी ल्याउनुस्
काट्नुस्, भाच्नुस्, बङ्ग्याउनुस्
बीम र पिलरहरुमा हाल्नुस्
जनतन्त्र भन्ने कुरा तेस्तै हो
राजधानीमा एउटा घर ठड्याउनुस्
निर्धक्क एउटा घर बनाउनुस् ।।

– २ –

रङ पोत्नु पनि पर्ला हगि?
ए! त्यसको त सुर्तै नगर्नुस्
तयार छन जनता
रगत, आसुँ र पसिना दिन
पैसाको कुरा?
ए! त्यस को त झन के चिन्ता
चन्दा पठाउँछन जनताले
आफु भोकै र नाङ्गै बसेर
जनजीबिका भन्ने कुरा त्यस्तै हो
राजधानीमा एउटा घर ठड्याउनुस्
चिटिक्क परेको घर बनाउनुस् ।।।

– ३ –

आँधिबेरी ले घर ढलाउला कि ?
होइन कति फिक्री नगर्नुस्
चाडै मेटिने वाला छैन जनता को
आस्था र विश्वाश तपाईं प्रति
बस त्य सै को टेको लाउनुस्
राजधानी मा एउटा घर ठड्याउनुस्
राम्रो एउटा घर बनाउनुस्।।।।
-४-

(स्रोत : २०५३ साल बर्ष-५, अंक-३, भदौ-२१ गते शुक्रबार साप्ताहिकमा प्रकाशित)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.