~बिटु केसी बराल~
कतैबाट उडी आउछ
स्वतन्त्र भई
मेरै
मझेरीमा डुल्छ
उसको रोजाइको
यो
मेरो सानो कटेरो हेरेर
म
मनमनै मुस्कुराउछु
निलो रङ्गको जादुले
मंत्रमुग्ध हुन्छु
लिभीङ्ग रुमको
निलो पर्दाबाट चिहाएर
हेरिरहन्छु म
फुर्र फुर्र पखेटा फिजाई
उ उडेको
हुनत
कहिले काहि
उ जस्तै उड़न मन लाग्छ
तर खोइ
कहाँ छ र मेरो पखेटा ?
सोच्छु
चंचल उसको नयनले
के देख्छ होला ?
उसको हेराईले
देख्ने यो दुनियाँ
कस्तो हुन्छ होला ?
उडी जाने उसको जात
थाहा पाउँदा पाउदै
नगईदिए हुन्थ्यो
भन्ने मोह जाग्छ मलाई
कैद गर्न खोज्छु
क्यामरामै भएपनि
निराश पार्दै
उ फुर्र उडेर
टाढा टाढा गैहाल्छ
कहिले एक्लै आउछ
कहिले प्रियसी साथमा ल्याउछ
प्रेम प्रतीक
दुवै निला चराचरी देखेर
रोमांचित हुन्छु म
सौन्दर्यको अपूर्व मिठासमा
प्रकृतिको अदभुत सुन्दरतामा
कहाँ आउछ र उ सधैँ ?
सिर्फ
एक पटक मात्रै हो वर्षमा
सायद
पतझड़को यही मौसममा
वसंत आउदैछ है भन्ने
शुभसमाचार दिन आउछ
निलो रङ्ग फिजाई
नयाँ समयको सुरुवातसँगै
निलो समुन्द्र
निलो आकाशको
प्रतिनिधि दूत बनेर
आतङ्कले त्रसित
विकारले प्रदुषित दुनियाँमा
स्वच्छ र शान्तिको
सूचक भएर !!
(स्रोत : Brtnepal.com )