कविता : त्यो मृत्यु हो !!

~दुर्गा राइ~

मलाई डर लाग्दैन,
त्यो मृत्यु साच्चो हो
मैले बाचेको पनि
अनी तिमीले बाचेको पनि
केवल मृत्यु हो ! त्यो मृत्यु हो !!

जन्म यो शब्द मा
अपुरो अर्थ छ
मृत्यु ले नै यस्लाई पुरा बनाउछ,
त्यसैले मैले
मृत्यु प्राप्ती गर्नै पर्छ
अनी,
यो मृत्यु मेरो अन्तिम प्राप्ती हो
यसैको लागि मैले बाचेको हुँ !!

आउ !
एक छिन दुई पल
तिमी मलाई हेर
म तिमीलाई हेर्छु,
अब,
हाम्रो चार आँखाको दुरिमा
केवल दुई वटा सत्य हुनेछ
मात्र दुइटा
मैले अङाली राखेको मृत्‍यु
अनी तिमीले सम्मली राखेको जिन्दगी !!

मेरो मृत्‍यु पछी को यात्रा
तिम्रो काध बाट सुरु हुनेछ
यो स्मसानको यात्रा
तिमीले पुरा गरी दिनु पर्नेछ
अनी मैले धैर्य गर्नु पर्ने छ,
हेर त उ !!
निधाएक लाश हरु
त्यह म पनि छु
अरु पनि छ
एक दिन तिमी पनि हुनेछौ
उह ।।।।।त्यो
ढल्दै गरेको सुर्य अस्त सँगइ
जल्दै गरेको चिता
यो मान्छेको आखिरी यात्रा हो
अनी
अन्तिम सत्य यही हो
यो मृत्‍यु हो ! त्यो मृत्‍यु हो !!
त्यो मृत्यु हो ..

दुर्गा राइ
भोजपुर
हाल ईराक

April 19th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : त्यो मृत्यु हो !!

  1. maheshkarki says:

    Mero jivanko time 2itaa Satya matrai dekhne xu
    Autaa jivan arko mirtyu
    Mero yatraa timro kaha bata suru hunex
    Time malae yo yatraaa satha denexu
    Ma jindai sanga ladxu taki mirthu ramro banauna
    Ma mirthu sanga Pani ladxu taki jindai banauna
    Mitho lekx ani sabda Pani ustai Dil xyo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.