~राज थापा~
म तिम्रो जीवन साथी हुन नसकेर केभयो
तर तिमी जिवनभर मेरै मनको साथी भयौ !
पहिलो प्रेमको न्यानो मायाँ छुट्यो तिमी सँग
हात छोइ बिदा भयको याद होला तिमी सँग !
सोधे कती गोरेटोलै फर्की आयौ आइनौ भनेर
कुरी बस भने दोबाटोलै फर्की आउछेउ भनेर !
तिज आयो तिहार आयो सोधे तिमी आयौ भनी
बाटो हिडने बटुवालै सोधे देख्यौ “अन्जान ” भनी !
म तिम्रो जीवन साथी हुन नसकेर केभयो
तर तिमी जिवनभर मेरै मनको साथी भयौ !
–
राज थापा
लिम्रीक, आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )