कविता : आमा

~कृष्ण कुमारी पौडेल~

संसारमा सबै भन्दा आमा नै हुन जाती
दिन रात तडपिएकी हुन्छिन सन्तान माथि ।
निथ्रिएर आँफै उनी पियाउछिन छाती
जिन्दगीनै समर्पित गर्छिन सन्तान माथि ।

करुणा कि सागर उनी ममता कि खानि
सधैं निस्छल माया दिने आमा कती दानी ।

सन्तान कै मुहार मा देख्छिन आमा भगवानहरु
सन्तान कै खुशी भन्दा छैन उनलाई चाह अरु ।

अती सुरक्षीत हुन्छ आमाको न्यानो काख
किन्नलाई पाइदैन तिरे पनि लाख लाख ।

आमाले लगायको यति ठुलो गुण
जुनी जुनी तिरे पनि सकिदैन ऋण ।

संसारमा आमाको ठ्लो हुन्छ स्थान
गर्नु पर्छ आमालाई मान सम्मान ।

बात्सल्य की मुर्ती तिमी जननी जन्मदाता
सृस्‍टि की धरोहर तिमीलाई प्रणाम माता । ।

कृष्ण कुमारी पौडेल
टेक्सस, अमेरिका

April 25th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.