नेपाली नेपालको माया छ कि छैन
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन
हाम्रा पुर्खा सत्लज देखि टिस्टा सम्म हाँक्ने
हामी किन बाँच्नलाई अरुको मुख ताक्ने
हामी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच एक घुँट मदिरामा
नेपाली नेपालको माया छ कि छैन
त्यही पुर्खाको दुईचार थोपा रगत छ कि छैन
काँधमा हिमाल बोकी उठ्ने ताकत् छ कि छैन
सारा नेपाल नेपालीलाई छाँया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन
देशको निम्ति मात्रै लड्ने खुँडा र खकुरी
खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन
नेपाली नेपालको माया छ कि छैन
शुक्र, धर्म, दशरथ चन्द, गङ्गालालको जस्तो
हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन
नेपाली नेपालको माया छ कि छैन
स्वर / शब्द /संगीत : गोपाल योन्जन