~गोबिन्दबाबु तिवारी~
लास परेको खवर पाएर प्रहरी प्रमुख र सरकारी वकिल आफ्ना सहयोगी सहित ३६नास्थलमा पुगे । त्यहाँ एकत्रित भिडलाई सिपाहीहरुले तदारुकताकासाथ छिमलेर लासको दायाँबायाँको १०x१५ मिटर सम्मको भू-भागलाई प्रमाण सुरक्षित गराउन रातो रिबनले घेरा हाले ।
भिडमा मिश्रति प्रतिक्रियाको खुसुर फुसुर र खस्र्याकर्खुस्रुक् चर्कै थियो ।
एउटाले सुस्केरा हाल्यो – विचरा १ यत्रो उमेर मै खुत्रुक्क भो ।
अर्कोले सान्त्वनाका भाका छोड्यो – यस्तै हो, अजम्मरी को छ र ।
एउटाले पिच्च थुक्यो – असत्ती मर्दा के को दुःख ।
केही र्समर्थनका स्वर निस्के – हो त नि ।
यस्तैमा सरकारी वकिलले स्थलगत लाश जांच मुचुल्का तयार गर्न पट्टी लागे ।
प्रहरी प्रमुखले उपस्थितहरु तर्फहेरेर कराए –
मृतकलाई चिन्ने यहां कोही हुनुहुन्छ ? हुनुहुन्छ भने अगाडि आइदिनोस् ।
एकजना ७०/७५ उमेरका बुढा अगाडि आएर भने- साहेव, यसलाई म मात्रै होइन, ह्या भएका हामी सवैले चिन्छौं ।
को हो त यो र?
यी हाम्रै गाउँका खरवारी साइँलाका छोरा हुन्। यिनी पनि तपाईहरु जस्तै सरखारी मान्छे हुन् । कुन्नि के जाति भन्साराँ थिए । साह्रै असल थिए । आउँदा जाँदा घरगाममा रहेका हामीलाई नाता लाएर बोलाउँथे । यसो चुरोट सुपारी पनि ल्याइदिन्थे । रसिला गफ गर्थे । एकछिन अघिमात्र उनी भन्दै थिए –
हेर्नुस बा, तपाईहरु त यै भातै मात्रै खाएर मर्ने हुनु भो । मैले त त्यो भातसात खान छोड्दिइसकें ।
मैले सोधें – अनि के खाने गर्याछौ त बाबु, उसो भए र ?
के खाने नि बा । त्यै खाने नि भनेर चोर औंलो माथि बुढी औंलो घसेटे।
अनि कसरी खाने त त्यो भनेर सोधेको त खल्तीबाट एक विटो झिकेर मुखाँ कोचेर चर्न थाली हाले । खै काँ ताल खुस्किएछर हो कि क्या हो, एक छिनमा त आँखा पल्टाइहाले नि । विचरा ! पानी भन्ननि भ्याएनन् ।
बुढाको कुरा सुनेर प्रहरी प्रमुखले वकिल पट्टी फर्केर भने –
आहा ! खानू त खानू, यसरी खान पाए पो खानु ! कसो वकिल साब् ?
सरकारी वकिलले पनि स्वीकारोक्तिमा टाउको हल्लाउँदै घुटुक्क थुक् निले । उनको रुद्र घण्टिले २ /३ गोल गर्यो ।
ती दुइको कुरा सुनेर बुढाले भने –
हैन साहेव् । के रहर् गर्नू भा त्यस्तो । त्यसरी खाझ्दाको गति आँखा अगाडि देख्दा देख्दै पनि ……….
वीचैमा साहेवहरु कराए –
नकराउ बुढा ।।
2004- 12- 07
(स्रोत : Damadol.com)