~दीक्षा रिसाल ‘बुकी’~
मेरो मुटु आज फेरि जलाएर जानेलाई
बिनामौसम हुरी बतास चलाएर जानेलाई
कसले भन्ला यो मुटुको उथुल पुथुल उसैलाई
मेरो मनमा प्रेम बनी पलाएर जानेलाई
कसरी म रोकौं जब नागिनी झैं चाल चाल्दै
मेरै अघि सुलुलू सल्बलाएर जानेलाई
के भनौ म,पसलमा हिजो साँझ आँखा जुध्दा
लरबराई पानीको जग ढलाएर जानेलाई
-दीक्षा रिसाल ‘बुकी’
आग्रा/भारत
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क १ – जनवरी 1, 2010)