कविता : कहिले के, कहिले के

~बिनिता कपाली~

दुःखले ‘सुख’ सम्झाउँछ र कहिले
कहिले सुख दुःखको याद गराउँछ
अन्धकार र उज्यालोको खेल
समयले हामीमा देखाउँछ ।

दिनको उज्यालोले कहिले
‘रात’ निम्त्याएको पनि देख्छौं
‘रात’ काटेपछि सूर्यकिरण
धरतीमा विस्तारित पनि पाउँछौं ।

घाम र छायाको लुकामारी
देखिन्छ प्रकृतिको नर्तनमा
दृश्य अदृश्यको गतिविधिदेखि
लाग्छ मान्छे चिन्तनमा ।

यो सब देख्दा ज्ञान प्राप्त भई
सचेत हुनेले रहस्य बुझ्छ
भालेपोथीमय यो दुनियाँ
आआफ्नो ताकमानिन जुटछ

उल्टासुल्टा कामहरु तब
हुन्छन देखिने व्यवहारमा
होसियार भई कर्तव्यतर्फ
लाग्नेहरु पुग्छन् सारमा ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.