~शुशिल एकीकृत~
व्यक्तिगत चाहाहरु आजसम्म भुल्दै आयौं
देशभक्त खोज्दै हामी गाउँबस्ती डुल्दै आयौं
संघीयता लाद्ने भए राष्ट्रलाई टुक्राउन
देशलाई बचाउन काँडाबीच फुल्दै आयौं
देशभक्त खोज्दै हामी गाउँबस्ती डुल्दै आयौं
कति आए बैरीहरु यात्रा हाम्रो रोक्नलाई
कसैसँग नझुकेर सबै सामु खुल्दै आयौं
देशलाई बचाउन काँडाभित्र फुल्दै आयौं
व्यक्तिगत चाहाहरु आजसम्म भुल्दै आयौं
देशभक्त खोज्दै हामी गाउँबस्ती डुल्दै आयौं
कालिकोट
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ९ – २०६७ पौष २८ गते, बुधबार)