~ज्ञानेन्द्र स्थापित~
पर्ख !
न जाऊ !
मेरो अनुरोध किन सुन्दैनौ तिमि?
कि तिमीले सबै बिर्सी दियौ
संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु….
सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु…..
बसन्त ले भरिएका ति सुखद क्षणहरु…….
न्यानो घाममा खेलिएका ति समुन्द्रका लहरहरु…..
दुवै मिली बनाएका ति बरफ का मान्छेहरु…
या ति सब थिए मात्र मेरा एक अनन्त सपना
या ति सब थिए तिम्रा लागि मात्र एक खेल l
पर्ख ! न जाऊ ! र सुन !
मेरो मुटुको धुकधुकी, जसले तिमिलाई बोलाई रहेछ
मेरो आत्माको चित्कार, जसले तिमिलाई रोकि रहेछ
यदि केहि सुन्न सक्दैनौ भने….
यदि जान नै चाहन्छौ भने….
रोक्ने छैन मैले तिमिलाई
तर मलाई थाहा छ
मलाई दुखि रहने छ
मुटु भतभती पोली रहनेछ
म मरे तुल्य नै हुने छ
तर समय रुकने छैन
जिन्दगि अगाडी बढ्ने नै छ l
हुन सक्छ कहीं कोहि फेरी भेट हुनेछ
पुराना कथा झैँ दिनहरु फेरी दोहरिने छ
तर तिमिले दिएका घाऊहरु रही रहने छन्
बल्झी रहने छन्
पुरानो आगो ले पोली रहने छन्
त्यसैले मेरो अनुरोध छ तिमि लाई
समय अझै छ, अबेर भएको छैन
मेरो कुरा सुनी देउ
फेरी पनि भन्दै छु
पर्ख ! न जाऊ !
16 June 1986, Sofia
Originally written in Bulgarian – translated in Nepali
(स्रोत : रचनाकारको ब्लगबाट सभार)