कविता : सर्बहारा

~रामचन्द्र ज्ञवाली~

आङ ढाक्न लाई कोरा छैन बिछ्याउन बोरा छैन मल्मल को के कुरा ।
सिङो संसार मा केही छैन सुकुम्बासी हामि हामी महल केकुरा ।।

सुतेर नाङो ध्रर्ती यो माटो माथि हेर्दाइ छौ तस्बिर ति बिरहरुको ।
केयस्तै थियो होला र सपना लडेर मर्ने हाम्रा ति वीर सहिद को ।।

भन्थे करान्ति कारी कदम लियर बढ् हे वीर नेपाली हो ।
रुन्छौ नि कती देश भरका हामि जस्तै सर्बहारा कङाल हो ।।

क्रान्तिकारी कदम लियर अघी बड्ने चर्को पर्तिज्ञा गर ।
भिक्षा मगेर पैदाइन हक बुझ है सँगर्स को ठीक गर ।।

लगलग कापुन लहरे छिचिरा साम्राज्य बादी जती ।
तिनकै चाकरी दार वा अरु सबै रोयर जाउन सती ।।

चर्को मानव बाद बढाउ अब हामि मिलेर चारै तिर ।
लागौ मदेश पहाड भंदै देस तुक्र्याउने दलाल भगाउनतिर ।
सान्ती सुरक्षा महङि नियन्त्रण गर्दै सम्पन्न नेपाल तिर ।।

मर्नु छ एक्दिन मानव बिर हरु ले पारेर छाती खुला ।
पुरौ सबै मिली यो देश का सामन्त ले चुसेर खाने दुला ।।

चर्को जोश लियर होस सित को अब चट्याँङ परेझै पर ।
हिम्मतिलो नेपाली बन लौ भिरेर खुकुरी पारेर ठाडो सिर ।।

भाई फुटे गवार लुटे हुनगयो यहाँ बिदेसी लाई मलजल ।
मिलेर सबै अब अघी बडौ सुसम्पन्न बनाउन नयाँ नेपाल ।।

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.