~रोशन राउत~
एउटा शुन्य,अन्धकार भित्र
कोर्दै छु जीवनको रङ्गिन चित्र
मिथ्या यो संसार,मिथ्यै हो जानी
तैपनि बुन्दै छु स्वपनको खानी
भोलिको सुखको झिनो छ आस
बित्दैछ आजको सुमधुर मधुमास
मृगतृष्णा बढदै छ मन भित्र कस्तो
सारा भेद बुझेर पनि,अनभिज्ञ किन यस्तो
बिषयको बिष अमृत झै लाग्ने
मोहको घरभित्र क्रोध धेरै जाग्ने
नर्तकि बनियो मायाको तालमा
जानी जानी परे इन्द्रियको जालमा
इच्छा,आशक्तिको आश्रय लिएर
छटपटाइ रहे म , भ्रम बिष पिएर
त्यगेर आनन्दबोध, प्रमाद रोजिरहे
बन्धन स्विकारि जगतको, म मुक्ती खोजिरहे
क्षणभरको यो देह नित्य झै ठानेर
बढदै छ अहंकार अद्वैत नजानेर
कर्म,भक्ति र ज्ञानको वियोग नतोडि
मिल्दैन ईश्वर द्वैतलाई नछोडि
परिपक्व फल वृक्षबाट झरेझै
प्रपन्च यो माटोको मिल्दछ माटोमै
मेटाइ अस्तित्व, सब नाता ति मित्र
विलिन हुनु छ,त्यही शुन्य अन्धकार भित्र ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )