~ज्यो. कुबेरनाथ भट्टराई~
खोज्दा खोज्दै रोज्दा रोज्दै
ढलेछ वसन्त त्यो
ध्वाँसी, थेप्ची, पुड्की, काली
प्नि पाउन कठिन भो ।
सधैं सधैं जवानीमा म
इन्द्रधनु पनि बसमा पार्छु भन्थें
आज इन्द्रियहरू गली सक्दा
रुनै मन लाग्छ माया नपाउँदा ।
डरैडरको दोसाँधमा
तड्पिएको हुँ म तिम्रो यादमा
चिन्दै नचिनी जान्दै नजानी
गर्दैछु म प्रेम याचना ।
उनन्तीस वसन्त पार गर्दा
झिक्यो बखान तिम्रो कसैले
भेट भयो आज अबेर
नगरी जिद्दी अब आऊ डटेर ।
कुभावना जनि छन् दिलको हटाएर
बरु बढ सच्चा प्रेममा सजिएर
जब आउँछ्यौ तिमी मेरो समीप
म किन नआउनु त्यता भन त ?
सेजेपा, पाँचथर
(स्रोत : श्री रुपरेखा)