~जनक दाहाल~
थोरै धुवा धेरै आगो
जस्तो जीवन उस्तै फोटो
एकैछिन पहेलो, त्यसपछी मोटो
खुब गरेउ भगवान! पुग्यो होला नि धोको?
तल शितल माथि आगो
जस्तो स्वरूप उस्तै चालो
शरण पाउन भनेर ॐ शान्ती जप्यो
खुब गरेउ भगवान! बिथैमा तिमीले लगेउ
म त गए, कस्ले हेर्देला मेरो छोरो
आमालाई हसाउने ठुलो सपना उस्को
बिन्ती भरिदेउ सबैले उस्को कटौरो
खुब गरेउ भगवान! जलाई मेरो पछेउरो
सपना हैन तैपनी सपना नै लाग्यो
छोरी हैन तैपनी साह्रै शहनशिलो
लौन भरिदेउ धर्ती-आकश बिच माटो
खुब गरेउ नि भगवान! रुवै मेरो लाटो-छोरो
April 19th, 2009
(स्रोत : Mysansar.com)