कविता : आमा

~संजीव चापागाईं~Sanjeeb Chapagain

आमा रहेछ शक्ति ,आमा रहेछ माया ,
जिबन्तता त्यो भर्ने ,आमा रहेछ छाँया ,
आमा रहेछ धर्ती, बांच्ने त्यो मौनता मा ,
आमा रहेछ पुष्प ,फक्रन्छ श्रीजनामा।
………………….
खोजेर वा नखोजी ,माया अनेक भेट्छु ,
आमा त्यो तिम्रो मात्र , निस्वार्थ माया देख्छु ,
आमा छोडेर टाढा ,निरस यो बस्ति भेट्छु ,
तिम्रै त्यो माया भित्र, जिबन जिबन्त देख्छु।
……………
आमा ! हेर न आज ,यो कस्तो जिन्दगी भो?
रहेर दूरता मा ,त्यो काख दुर्लभै भो।
आमा … भनेर आज ,म खै कता बोलाऊ ?
बेतार का तार मा नि, यो मन कति भूलाऊ?
……………………………
सानो थिएँ त साथै ,सधैं सधैं पिरोल्थे ,
अभाव का ती पिडामा, सधैं म भाव खोज्थे,
पिठ्यु मा भारी तिम्रो, अगाडि सानो काख ,
मुस्कान भर्ने एउटै ,छोरा छोरी ती लाख।
………………………..
मेरो जिबन अगाडि ,तिम्रो त्यो सुख सस्तो ,
मेरो खुशी को लागि, भर्थ्योउ त्यो स्नेह कस्तो,
सोधेन मैले तिमी ,आमा तिमी के खायोउ ?
रहेर भोकमा नि ,सधैं मलाई पिलायोउ ।
………………………..
असार का ती झरी मा ,रुझेर घांस काट्दा,
खेती किसानी गर्दै फेरी त्यो दांई हाल्दा ,
तिम्रो त्यो यक्ष प्रश्न ,सन्तान त्यो बढोस् है,
तिम्रा अभाव तोड्न ,उस्ले धेरै पढोस् है।
……………………….
हुर्केर त्यै धुलो मा, फोडेर गीट्टी खेल्दै,
स्कुल बाट आई ,आमा .. भनी बोलाँउदै ,
एक हुल मेरा साथी ,गाउ भरी बटुल्दै ,
म दु:ख दिन्थे फेरि ,आमा लाई पिरोल्दै।
……………………..
मरै मुस्कान सँग ,तिम्रा थकाई मेट्ने ,
मेरा हरेक खुशी मा, तिम्रै खुशी बटुल्ने,
मेरा उचाइ सँग ,तिम्रै उचाइ थप्ने ,
आमा म खै के लेखू तिम्रो बयान गर्ने?
………………………
जननी र जन्म भूमि ,छाया सरि रहेछन,
रहेनी दूरता मा ,माया जिबन्त भर्छन
आमा को छाति माथि परेड नखेलू हामी ,
आमा रहे पो हुन्छ ,सन्तान अग्र गामी।
……………………….
आमाको माया बुन्न ,म सँग शब्द छैन ,
आमा को चित्र कोर्न ,म सँग रंग छैन ,
आमा को माया पर ,त्यो अर्को देव छैन ,
आमा त्यो भाव माया ,कोरेर ह्या सकिन्न।
आमा त्यो भाव माया ,लेखेर ह्या सकिन्न।

April 25th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.