~पुष्प अधिकारी ‘अन्जली’~
यादहरू यसरी बारम्बार आँउछ ,
अँखाभरि सपना लगातार आँउछ ।
सस्तो सस्तो राहत बोकेर अचेल,
जसको पनि घरमा सरकार आँउछ ।
एउटा सानो तुफानले पनि अचेल ,
भयङ्कर डरलाग्दो समाचार आँउछ ।
भन्यो उसले यहि बाटो भएर जानु तिमी ,
अलिपर एउटा नदिको किनार आँउछ ।
बिर्सु भन्यो कसैगरी सक्दिन म ,
झल्झली निष्ठुरीको अनुहार आऊँछ ।