~मुक्ति गौतम~
मृत्यू के थियो त्यो?
तिमीले जित्नसक्ने
हाँसेर बरण गर्यौ तिमीले,
कायर थिए उनिहरु
जो हारे
रेटेर गए तिम्रो घाँटी।
डरपोकहरु,
निशस्त्र तिमीसंग
भय र त्राशले
सशस्त्र लुकेर आए
डराएर रेटे तिम्रो घाँटि
के थियो तिमीसंग त्यस्तो शक्ति?
त्यो बल?
कि
जित्न नसकेर
घाँटि रेटे तिम्रो,
मृत्यू के थियो त्यो?
अजम्बरी तिमी
तिमीले जित्यौ।
आँखाहरुमा
मनमा
भय जताततै,
थाहा छैन
कसरि जित्ने रहर पाले उनिहरुले,
उँज्यालोसंग अध्यारो कति टिक्छ र?
त्यहि तिम्रो चमकसंग
हारे उँनिहरुले,
मृत्यू के थियो त्यो?
हार्यो तिमिसंग
तिमीले जित्यौ।
२०७२ फाल्गुन २१ (मार्च ०३, २०१६)
टोरन्टो, क्यानडा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )