~राजेश नेपाली~
सुन्दरता र अस्तित्व कहाँ हुन्छ फुल झरेपछि
बोटै मर्छ खडेरीले मालीलाई नै हरे पछि।
सामु हुँदा सामन्तलाई मालिक भन्दै पुजा गर्ने
नवर्षीने गर्जीरहन्छौं उसले खोला तरेपछि।
आफू–आफू काटाकाट गछौं कुर्ची पाउनलाई
सिमानाको कुरा ल्याउँछौं बल्ल सीमा सरेपछि।
भोकभोकै मरेका छन् गरिबहरु झुपडीमा
तब खोज्छौ जनतालाई आफ्नो झोली भरेपछि।
यसैगरी रुवाउँदै गयौ भने जनतालाई
मलामीसम्म पाउने छैनौं नेता तिमी मरेपछि।
खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३३ – २०६७ आषाढ २३ गते, बुधबार )