कविता : छ नेपाल राम्रो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~

छ नेपाल राम्रो अरू देश भन्दा
गरौं आज सारा यहाँ काम धन्दा
उकाली चढौं है अगाडि बढौं है
छ यो देश प्यारो र माया गरौं है

बुझौं स्रोत खोजौं करोडौं कुमाऊँ
बलौ दीप जस्तै र हामी रमाऊँ
सुधारौं सपारौं सबै क्षेत्रलाई
यहाँ फल्छ मोति बुझौं दाजुभाई

अरू देश जाने नराखौं विचार
र नेपालको नै गरौं है सुधार
लगानी गरौं है यहाँ फुल्छ मोति
र सोचौं सबैले उठोस् देशमाथि

यहाँ सीप रोपौं गरौं आश राम्रो
बनौं क्रान्तिकारी युवा जोश हाम्रो
सिकाउ सबैमा बनाऊ सिपालु
जुटाएर सारा बनेरै दयालु

छ मुटु सरी यो  फुटाएर हैन
सबै अंग एकै छुटाएर हैन
र यो ज्यान जस्तै छ नेपाल राम्रो
बनाऊँ सबैले बनोस् देश हाम्रो

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ९ – २०६६ पौष २२ गते बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.