~उस्ताद खलिलुल्हा खलिलि~
अनु : केशव सिग्देल
म धर्तीमा झरेको तितो फल हुँ
जो जकडिएको छु समयको पञ्जामा।
ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो
यो तितो फूललाई गुलियो बनाउनु बाहेक?
यो संसारको ठूलो वैभव मित्रहरुको साथ रहेछ
मृत्युको पीडाः
उनीहरुबाट छुट्टिने कुरा,
तर किनकी उनीहरु सँधै हुन्छन्, ति साथीहरु
माटोको गहिराईमा विश्राम गरिरहेका,
फरक नै के पर्छ र त्यसले
जीवित होस् वा मृत।
दुःख र क्षोभबाट भाग्यले मलाई बनाएको छ।
हाय, जिन्दगीको बटुकामा खुशी कति आउँछ होला?
बहिरहेको हावामा बलिरहेको मैनवत्ती जस्तो,
म थर्थराउँछु, म जल्छु,…र सकिन्छु।
Bitter Fruit Falling Upon the Earth
उस्ताद खलिलुल्हा खलिलि (अफगानिस्तान)
(स्रोत : Nepalikalasahitya)