~गोपाल पौड्याल ‘अकिन्चन’~
रातासारी हरिया पोते
हातभरी चुरा छन्
पोख चेली तीजको दिन
जति मनमा पिडा छन्
आफ्नै चाड आफ्नै संस्कार
दिल खोलेर हासी देऔ
आफ्नै भाका आफ्नै ताल
छम छम नाचिदेउ
जति सक्छौ सजाउ आज
पहिरन र श्रिगार
नदेखाउनु तिमीले
घमण्ड र अहम्कर
जति सफा तिम्रो मन छ
उचा राख विचार
ब्यथा पिडा जे जति छन्
सबै आज पखाल
सबै चेली हांसिदिये
आमा कति हाँस्ने छिन
ज्रिना शरीर भए पनि
युग युग बाच्ने छिन
नाच तिमि नचाउ संगी
संदै संदै तीजमा
तिमि जस्तै सबै नाचुन
कोहि नपरुन पिरमा
गोपाल पौड्याल ‘अकिन्चन’
खुदुनाबारी ४ ,झापा
हाल अमेरिका
August 22nd, 2009
(स्रोत : Mysansar.com)