कथा : अन्जुलिमा नअटाएको प्रेम

~संगीता भट्टराई~

मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन केहि असहज भएको छ| शहरको वातावरण संग यस अघि उ त्यति नजिकिएकी थिइन| अघिल्लो दिन उसको दाइले कलेजमा एडमिसन गर्न जादा उसलाई पनि संगै लग्नु भएकाले मात्र उसलाई कलेज सम्मको बाटो थाहा छ |

उ आफैलाई केहि सहज बनाउदै कलेज को गेट सम्म पुग्छे, आफैलाई एकपटक तलदेखि माथि सम्म नियाल्छे, अनि भित्र पस्छे, सबैजना नौला भएकाले उ एक्लै बसेकी छे, केहि महिना अघिसम्म गाउकै चन्चले बोलेर नथाक्ने उ आज चुपचाप एक आज्ञाकारी बच्चा भाति शान्त भएर बसिरहेकी छे, उ सोच्दछे जीवन मा परिवर्तन भनेकै यहि रहेछ क्यार,सबैजना सबैसंग प्राय नौला नै थिए तर उसलाई भने उ मात्र एक्लै कसैलाई नचिन्ने, एक अर्को परिवेश को हो भन्ने लागेको थियो | कक्षा एघारको आज पहिलो दिन भएकाले आज क्लास मा परिचय मात्र भयो, सुरुमै उसलाई शिक्षकले उठाउनुभयो, उसले डराउदै आफ्नो परिचय दिन लाग्दा उसको प्रतिक्रियाले सबजना हलल्ल हासे, उ भन्दा भन्दै थचक्क बस्न पुगी | अब त उसलाई आउने दिन सम्झेर झन् कहाली लगेर आयो,उ रुनु कि हास्नु को अवास्था मा क्लासबाट बाहिर निस्की |

दोस्रो, अनि तेस्रो हुदै दिनहरु बिस्तारै बित्दै गए | उ पनि अब केहि कन्फर्टेबल हुन थाली | सबै भन्दा सोझी भएकाले उसका धेरै साथी त थिएनन् तर केहि उसका पनि मिल्ने साथी भएका थिए | उ अरुभन्दा धेरै फरक विचारधारा कि थि | उसका सबै साथीहरु पुरा मेक-अप गरेर आउथे, मन्दिरा भने सिर्फ कलेज ड्रेस मा कपाल कोरेर जाने गर्थी धेरै साथीहरु मेक अप गर भन्ने टिप्स दिन्थ्ये, उस केहि मतलब नगरी बस्ने गर्थी , फलस्वरुप उसको पढाई पनि राम्रो थियो, उसको कक्षामा एक धेरै ट्यालेन्ट केटा थियो मोहित, उनीहरु दुइको सधै प्रतिस्पर्धा हुन्थ्यो, तैपनि उनीहरु एकरका बाट अन्जान थिए, मन्दिरा भने लुकिछिपी सधै मोहितको क्रियाकलाप हेर्ने गर्थी उसलाई मोहितको हर एक कुराले मोहनी लगाउन थालेको थियो | उसले एकदिन उसको मिल्ने साथी अन्जलीलाइ उसको बारेमा बताई जब उसले मोहित को बारेमा बताई अन्जली खित्का छोडेर हास्न थाली | अन्जलीले भनि उसको बारेमा सोच्न छाड्दे, उ तेरो लेभल को हैन उ त तेरो भन्दा धेरै लेभल माथिको मान्छे हो , उसको लागित सारा कलेज को केटि दिबानी छन्, उसलाई मनपर्ने एउटा खोजेर लभ गर्छ, तर तलाइ भने हेर्दैन |

आफुलाई एकपटक हेर तेरो यो बोरिंग लुक्स, छि मलाई त बाहिर जानु पर्यो भने तसंग हिड्न नपरोस भन्ने लाग्छ, त आफै सोच उ कस्तो केटि लाइ लाइक गर्छ होला भनेर, मन्दिरा ले भनि उस्को लागि त म आफुलाइ पनि चेन्ज गर्न तयार छु ,मात्र तिमि एति भन मैले उसको माया पाउन के गर्नुपर्छ? अन्जली जोडसंग हासी, त आझै पागल छेस, तेरो पत्तो त लाग्दैन तैपनि आफ्नो मनको शान्ति को लागि गर्छेस भने त आफुले आफुलाई चेन्ज गर, आफ्नो लूक्सलाइ ध्यान दे, सानो आवाजमा मन्दिराले भनी चेन्ज त गर्ने तर मसंग त केहि पनि सामान छैन,अन्जलिले थप्दै भनि त संग पैसा छ भने मा सबै समान सपिंग गर्दिन्छु, अलिक खुसि हुदै उसले भनि मसंग त १५०० छ, यति ले पुग्दैन होला, १५०० हैन १५००० चाहिन्छ,मन्दिरा ले भनि आत्तिदै यति धेरै त म संग छैन, मैले कहाँ बाट ल्याउने ? अन्जलिले भनिहालि पहिला त मसंग पनि त्यति धेरै पैसा हुन्न थियो, घरबाट पठाएको फिक्स्ड पैसाले ले त मेरो रुम भाडा र खान मा बल्लतल्ल पुग्थ्यो, जब मैले पार्ट समय मा कम गर्न थाले ऐले मसंग के छैन र स्कुटर छ, रूम मा हैन फ्ल्याटमा बस्न थालेको छु, कपडा पनि राम्रै लगाउने गरेको छु , त पिर नले अइले लाई मा पैसा हाल्दिन्छु, भोलिबाट त पनि मसंग कामगर्न हिड अनि पैसा फिर्ता दिए भैहाल्छ, उस के एती भनेकी थी मन्दिरा धेरै खुशी भइ |

दिउसो उनीहरु सपिंग गर्न गए, अन्जलिले हरेक त्यो समान किन्देकी थी जसले उसलाई स्टाइलिस्ट देखाउथ्यो, भोलिपल्ट मन्दिरा कलेज आउदा पुरै चेन्ज भएर आइ, अन्जलिले उसलाई देख्न नपाउदै भानिहाली ‘वाउ यु लुकिंग सो क्युट’ उसले यसो भन्दा उ निकै खुसी देखिई, जब क्लासमा गइ एकपटक उसले मोहीतलाई हेरी आज मोहीतले उतिरै हेरिरहेको रहेछ, आज पहिलो पटक उनीहरुको आँखा जुध्यो, मन्दिरा मनमनै खुसी भइ, मोहित को हेराइलाई आफ्नो आजको लुक्स को कमाल सम्झी, जब दिउसो भयो अन्जलिले उसलाई अफिस जान बोलाई काम पाउने आसमा प्रफुल्लित हुदै उसैको स्कुटरमा गइ | अफिस पुगेपछि अन्जलिले उसलाई बाहिर बस्न भनि, उ भने भित्र गइ केहि बेरपछि एउटा कालोकालो मोटो मान्छे आयो मन्दिरालाई भित्र बोलायो, उ भित्र गएपछि उसलाई काम गर्न लागेको पहिलोपटक हो भनेर सोध्यो उसले हो भन्ने उत्तरमा मुन्टो हल्लाई, त्यो मान्छेले २५ हजारमा डिल भयो भन्दै ४ बजे भेटने भनि बाहिरियो, जब चार बज्यो उनीहरु एउटा होटेल मा गए अघिको त्यो मान्छे पहिलादेखिनै आएर बसेको थियो |

उसले २५ हजार निकालेर मन्दिरालाई दियो, तर अन्जलिले बिचबाटनै त्यो पैसा समातेर १५ हजार निकाली र दिउसो समान किनेको १५ हजार मलाई, ला १० हजार भनेर उ चै म एकछिन मा आउछु भनेर बाहिर निस्की, त्यो मान्छे ले माथि रुममा बसेर कुरा गरौ भनेर उसलाई रुममा लग्यो,अनि के हो के के उसले आजसम्म नाम नसुनेका खाना मगायो, उसलाई पनि खान आग्रह गर्यो तर उसलाई देख्दै खान मन लागेन, उसले नखाने इसारामा टाउको हल्लाई, त्यो मान्छे देखि उसलाई डर लाग्न थालेको थियो, उसले उठेर ढोका को चुकुल लगायो उसले नलगाउन भनि, त्यो उसले भन्यो बाहिर मान्छे हुन्छन, फेरी हाम्रो काम के गरि गर्ने नि भन्दा पो उसको सात्तो गयो, मन्दिरा म बाहिर जान्छु भनेर निस्कन लाग्दा उसले पछाडीबाट समात्यो, अनि कड्किएर बोल्यो तिमिहरु जस्ता को नाटक मलै रम्रो स​ंग था छ​ मैले २५ हजार उसै दिएको ठानिस, कामचाई यस्तो गर्ने फेरी सतिसावित्री बन्न खोज्ने, अन्जली भन्दानी धेरै नाटक गर्ने रहिछस त, भन्दै उसलाई बेड मा पछार्यो, उसले १० हजार निकालेर उसको मुखैमा फालिदि, उसले भन्यो मैले २५ हजार दिएको हो १० हजार मात्र हैन दिने भयो २५ हजार दिएर जा हैन भने बेश्यवृति को नाममा जेलमा हलिदिन्छु, मन्दिरा को होसहवास नै उड्यो, उसले परिवार अनि समाज लाई सम्झी, अनि विवस हुदै आफ्नो मोहितसंग देखेको सारा सपना एक पलमै लुटाई, जब उ घर पुगी अनि कोठा बन्द गरेर एक्लाई रुदै बसी, उसले त्यो सबै समान फाल्दै अन्जलिलाई धोका दिस भनेर सरपिराही, उसले मोहितलाई पनि गलत सम्झी, उसको संकृतिलाइ गलत सम्झी मन्दिरा पागलको भाति रोइरही, जब दाई आउने बेला भयो अनि थोरै कृतिम हासो अनुहारमा छरेर बसी |

भोलिपल्ट कलेजमा जादा उ पहिलेजस्तै सादा बनेर गइ | अन्जली आएकी रैनछ, पहिलो कक्षा को शिक्षक पनि नभएकाले उ एक्लै छतमा बसिरही, हिजोकोसारा कुराले उ तड्पीरहेही थी, आफ्नै ध्यानमा मग्न उसलाई पछाडिबाट कसैले स्पर्श गरेको अनुभव भयो, नौलो तर निकै प्यारो अनि मायालु स्पर्श थियो त्यो | उ विस्तारै पछाडी फर्की त्यहाँ मोहित थियो | आकस्मात मोहितलाई देखेपछि उसलाई अंगालो हालेर रुन थाली, मोहित तीन छक्क पर्यो, मन्दिरा नरोउ यार, उस्सै पनि कोइ रुन्छ,यति भन्दापनि सुक्क सुक्क रोहिरहेकी थी, मोहित ले मायालु पारामा भन्यो मन्दिरा मलाई थाहा थिएन तिमिपनी मलाई यति धेरै माया गर्छौ भनेर, मैले त सोचेको थिए तिमी सिम्पल छौ यी सब कुरामा ध्यान दिन्नौ, मैले केहि भन्दा नराम्रो मान्ने होकी भनेर आज सम्म केहि भन्न सकेको थिइन, म आज तिमीलाई यो कुरा नभई अर्कै कुरा भन्न आएको थिए |

मलाई आजकल को तिम्रो बदलिदो रुप त्यति मन परेको थिएन, आज पहिला जस्तै सिम्पल भएर आएकी ले सधै येस्तै भएर आउ है भन्न आएको थियो तर तिमी रुन थाल्यौ, मैले थाहा पाईसक्ये तिमी पनि मलाई धेरै माया गर्दिरहिछौ, नाइँभने आजसम्म नबोलेको मेरो अंगालोमा कसरी बादिन सक्थ्यौ, मन्दिराले विस्तारै सोधी तिमी मलाई कहिले देखि मन पराउथ्यौ ? मोहितले भन्यो पहिलो दिनदेखि जब तिमी यो कलेजमा आएकी थियौ, तर तिमीलाई भन्ने हिम्मत कहिलेपनि भएन, मैले जिबनमा तिमीजस्तै सिम्पल, न्याचुरल ब्यूटी खोजेको थिए आज मेरो त्यो सपना पनि पुरा भयो, मन्दिरा म तिमीलाई धेरै माया गर्छु, अर्को जन्ममा त म विश्वास राख्दिन तर प्लिज यो जन्ममा मेरो बन है, मोहितले एती के भनेको थियो मन्दिरा तिमीले ढिलो गर्यौ मोहित भन्दै त्यहाँबाट निस्की, मोहित अलमल्ल मा त्यहि बसिरह्यो, मन्दिरा स्विमिंग पुलतिर गरहेकी थि, केहि बेर पछी कलेजमा कोलाहल भयो,सबजना स्विमिंग पुलको छेउ मा जम्मा भए, हल्लाखल्ला देखेर मोहित पनि उतैतिर लाग्यो, भिड छिचोल्दै उ केहि अघि बढ्यो, आकस्मात उ चिच्यायो, मन्दिरा !!! त्यहाँ मन्दिरालाइ पानीबाट निकाल्दै थिए केहि मानिस, तर मन्दिराको पुरै शरीर निलो भैसकेको थियो,अनि शरिर झुन्डिएको थियो | उ सदाको को लागि संसारबाट गैसकेकी थि!

संगीता भट्टराई

(स्रोत : Nepal1Khabar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.