कविता : हनोई, २०१४

~अमर शाह~

अग्ला महलले घाम छेकेर
उज्याला छैनन्, सडक-पेटीहरु
जहाँ बसेर केही बेरपछि साँझमा
पिउनेछ बियर मात्तिने गरी
स्वतन्त्र भियतनामको नयाँ पुस्ता ।

खडा छ, लामो युद्धको साक्षी
लेनिनको अग्लो सालिक
सैनिक संग्रहालय सामुन्ने
र, प्रमाण छन् संग्रहालय परिसरका
भियतनामले खसालेका
जहाज र हेलिकप्टरका भग्नावशेषहरु ।

क्वांगगांेग -खर्पन)को दुवैतिर
आरूको भारी बोकेर
बेच्न हिँडेको बूढो थु हाई
होंग किम -बाँसको छत्रे टोपी)
तालको पश्चिम किनाराबाट
हेर्छ अचम्म मानेर
सडकमा गुडिरहेका
सुजुकी, होन्डा र टोयोटा कारहरु
र, हेर्छ शिरको नान -ताल) खस्ने गरी
नेस्ले, नेस्क्याफे र कोकाकोलाका
विशाल होर्डिङ बोर्डहरु आकाशमा ।

र, सोच्छ केका लागि
लड्यो बाबु पुस्ता पाँच दशक
र, सोच्छ कतै—
गलत त पढाइँदै छैन इतिहास
भियतनामले हरायो साम्राज्यवाद भनेर ?

प्रकाशित: कार्तिक २३, २०७१

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.