कविता : देश दुख्यो

~बिटु केसी बराल~Bitu KC Baral

देश दुख्यो
बन्द बाकस भित्र
खाडी देशबाट आएका
लासका कोसेली
देख्दा देख्दै , जान्दा जान्दै
तछाड मछाडको लामो लाइन
फेरि उही सपना देख्ने
विवश आँखाहरू
कठै मेरो देश !
न शान्ति दिन सक्यौ
न विकास
न भविष्य दिन सक्यौ
न सपना
वृद्ध र असक्त मात्रै
बाँकी बन्दै गएको
युवा अटाउन नसक्ने
कठै मेरो देश !
विकाश प्रविधिले
विश्वको
चन्द्रमालाई नाग्न खोज्दा
टोलाएका आँखाहरू
तिम्रो भने
अंधकारले
ढाकिरहदा
फगत
लाउन खान पेटभरि
पाए हुन्थ्यो भन्ने सपना
कठै मेरो देश !
एकताको मिशाल अब
एकादेशको कथा भो
फुट्दै गयौ झन
टुट्दै गयौ झन
रडाको यो दाजुभाइको
छिमेकीलाई ताली भो
रगतको खोलो बढ्यो
शान्ति छेत्र
गाली भो
कठै मेरो देश !
खाँदाखाँदैका गाँसहरु
गलैमा अड्किन्छ
सुत्दा सुत्दैका निन्द्राहरु
मध्यरातमै ब्युझिन्छ
हास्दाहास्दैका हासोहरु
भित्रभित्रै अड्किन्छ
रोइदिन्थे डाँको छोडी
निको हुने भए
बिझाई रहन्छ
चस्स , चस्स
कठै मेरो देश !

-ह्युस्टन , टेक्सास

(स्रोत : Brtnepal.com )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.