~रवि प्राञ्जल~
व्यथै व्यथा छ मनभरि खुशी खोजूँ कतातिर ?
साउन भदौ छ गहभरि नदी खोजूँ कतातिर ?
आरु फुल्यो बैशाखमा पीडा फुल्यो मुटुभरी
चरो परेछ जालमा चरी खोजूँ कतातिर ?
मुटु चिरी बनाऊँ कि, रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ? मसी खोजूँ कतातिर ?
आगो पनि छ छातीमा, हूरी पनि छ छातीमा
चट्टान भैm अडिग जिन्दगी खोजूँ कतातिर ?
यो भीडमा हरायो कि, त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने ‘रवि’ खोजूँ कतातिर ?