~मिलन आचार्य~
खुशीको संसार, हजुरवा बितेसी
मिठो पाकोस भनेर
भविष्य पाक्ने चुलामा
बाले मलाई धेरै बेर भस्र्याउनु भयो
जब हजुरबा जीवित हुनु हुन्थ्यो
जगेर्ना गरेर राखि दिनु हुन्थ्यो
भोग्न नपाएको आफ्नो सुन्दर अतित
हजुरबुबाको सपनाबाट
बुबा हिंड्ने बाटो टाढिदै देखेर
सुनाउनु हुन्थ्यो एउटा कथा
जसमा म राजकुमार हुन्थे
र, जित्न सक्थे सारा दुनिया“
सम्भवत, हजुरवा ठिक भन्नु हुन्थ्यो
मेरो कुरो बुझ्छस् कान्छा एक दिन
जतिखेर खुशी हुन म हु“दिन ।
आज मैले देखेको खुशीको घर
बाले देखेको दरबार भन्दा अलग छ ।
मिलन आचार्य
मंगलबारे, इलाम–
(स्रोत : इलाम पोस्ट अन्लाइन)