~तिलविक्रम थेवे ‘लुंगेली मगर’~
दुर्जन, दुच्छर र दुराचारीहरु
समजमा यदि नहुँदा हुन् त
सुधारवादीका आवश्यकता
पर्ने नै थिएन होला कि सायद ?
पतनोन्मुखी कार्य
अधमहरुले यदि नगर्दा हुन् त कहीँ
पुरुषार्थीको आवश्यकता
पर्ने नै थिएन होला कि सायद ?
द्रोही र भँडुवाहरु देशमा
यदि देखा नपर्दा हुन् त
सुव्यवस्था कायम गर्नेको
आवश्यकता नै
पर्ने नै थिएन होला कि सायद ?
अनि हितकारी कार्य गर्छु भन्नेले
यदि बेइमानी कहीँ नगर्दो हो त ?
असह्यताको विस्फोटन
कहीँ हुने थिएन
होला कि सायद
यसो सोचविचार गरी हेर्दा
एक अर्काको पूरक बनी
ग्तिविधि विकृतिले गर्दा जाग्छ
दिनको उज्यालो र रातको अँध्याराले
यही दर्शाएझैँ लाग्छ
यदि उल्टो चाल नचालिँदो हो त कहीँ
सुल्टोको आवश्यकता
पर्ने नै थिएन होला कि सायद ?
(स्रोत : श्री रुपरेखा)