कविता : मनमौजी स्वतन्त्रता

~पुन्टु पण्डित~

स्वतन्त्रता यहाँ मनमोजी भो
नकचरोको भरिभराउ गोजी भो
नेताको चालढाल पनि पोजी भो ।

जेसुझ जसको समझमा आउँछ
उसले त्यही नै गर्ने भयो
हिंसा, हत्या, लुटपाटले
उपद्रव गर्नेलाई तुर्ने भयो ।

व्यर्थैमा शान्तिको खोजी भो
स्वतन्त्रता यहाँ मनमोजी भो ।

कति दिक्क हुने यस्तो देख्दा ?
दंग परी बरु हाँस्नै जाती
नंगा नाचमा रमाउँदै
जानै उचित हो कि त बराँती
गडबड नै रोटी रोजी भो
स्वतन्त्रता यहाँ मनमोजी भो ।

निर्धा, निमुखा जहिले पनि
थिचिएकै मिचिएकै देखिन्छ
न्याय यही नै हो कि भनी बरु
चित्त बुझाइ बसे के हुन्छ ?

उद्धारकको उपाय पनि झोजी भो
स्वतन्त्रता यहाँ मनमोजी हो ।
नांगिनेले नांगिन पाएकै छन्
बांगिनेले बांगिएर कमाएकै छन्
इज्जत हुर्मत भोजी भो ।
स्वतन्त्रता यहाँ मनमोजी भो ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.