~ज्ञानु गौतम~
तिमीले सोच्यौ
सायद
मैले आहुति दिंदा
साच्चीकै नया नेपाल बन्ने छ,
यहाँ कोही भोको नांगो आशिक्षित बेरोजगार रहने छैन,
त्यही सोचेर तिमीले
सजिलै प्राण आहुति दियौ
नेपाल आमा को लागी
तर हेर त
तिम्रो सपना लाई
तिमीले जन्मायेका
तथाकथित रास्त्रबादी नेता भनौदाहरूले
कसरी भतभुन्ग बनैदिये
र आज म
एउटा बेरोजगार आम नागरिक र,निरीह आबिभावक
तिम्रो तस्बीर हेर्दै
खुला आकाश मुनि
टुँडिखेललाई बिस्तारा बनाएर यसरी नै जीवन यापन गर्दै छू .
(स्रोत : Mysansar.com)