कविता : पतित-पावनी श्री गङ्गाजीको झाँकी

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

ठाडै कैलाशदेखी
द्रुततर गतिले गड्गडाएर झर्दी
झर्दा श्रीशङ्करैको
गल-गलित ठुलो सर्पझैं सल्ल पर्दी ।
लाखौं चट्टान चिर्दी
विकट गिरिशिला-कन्दरा चूर्ण गर्दी ।
बन्दै नाची दगुर्दी,
श्रवण-विवरमा नित्य संगीत भर्दी ।

आमा ! भन्दै झरेका
सकल गिरिनदी काखमा टप्प धर्दी
छर्दी पीयूष जस्ता
जलकण लहरी-हस्तले, मस्ती पर्दी ।
कालो बर्दी-सरीको
कलिमल मनको ध्वस्त पारेर हर्दी
गङ्गामा भुक्ति-मुक्ति
दुइ दिदि-बहिनी नित्य खेल्छन् कपर्दी ।

‘शारदा’ वर्ष ७, संख्या ६

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.