~कृष्ण प्र. पाण्डे~
अरु त पूर्ण सधैं म अपूर्ण भएँ
सानो भयो रे मुटु !लौ संकीर्ण भएँ
न त सवाल कुनै न परीक्षा भयो
गल्ती हुनु त कहाँ ! अनुत्तीर्ण भएँ
कैले कहाँ पो देख्यो वीरता कस्ले
अब हेरेरै बुझ्छौ झन् जीर्ण भएँ
ऊ त दिउँसै सुत्ने र सबेरै उठ्ने
काम सिध्याइ सुत्दा कुम्भकर्ण भएँ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.